पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो

काठमाडौं । नेपाल पर्यटन बोर्डमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन खुलेको छ ।

नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन मागेको हो ।

पूर्वसीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । सीईओ पदको कार्यकाल चार वर्षको हुन्छ ।

इच्छुक प्रतिस्पर्धीलाई १२ दिनभित्र आवेदन दिन समय उपलब्ध गराइएको छ ।


यस पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।

सार्वजनिक–निजी–साझेदारीमा स्थापना भएको बोर्ड पछिल्लो समय कमजोर नेतृत्वका कारण धरासायी बन्दै गएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर