माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लि को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त 

गरिमा विकास बैंक लिमिटेडको मिति २०८० चैत्र १४ गते बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्री माधव प्रसाद उपाध्यायलाई मिति २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थीय । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन-प्राध्यापन पेशामा संलग्न थीय ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आयका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै २०८१ बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर