‘लोडसेडिङ’को जोखिम जम्मा तीन महिनाका लागि टर्‍यो

काठमाडौँ । भारतले थप तीन महिनाका लागि ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार आज भारतीय पक्षले ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको हो ।

यससँगै, नेपालमा डेढ महिनाका लागि हुने ‘लोडसेडिङ’को सम्भावित जोखिम टरेको छ । मन्त्रालयका प्रवक्ता नविनराज सिंहले भारतले आज ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको जानकारी दिए । उनले नेपाललाई डेढ महिनाका लागि मात्रै बिजुली चाहिने भएको समेत बताए ।

नेपालले १ वर्षका लागि बिजुली आयात गर्ने प्रस्ताव नवीकरण गर्न पठाएको थियो । तर भारतले ३ महिनाका लागि मात्रै गरेको हो । र यो पनि दिउँसोका समयका लागि मात्रै अनुमति प्रदान गरेको छ । डेढ महिनाको आपूर्ति व्यवस्थापन भएपछि भने नेपालको आफ्नै उत्पादन पर्याप्त मात्रामा सुरु हुन्छ ।

प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ। एनभीभीएनले भारतीय बजारमा बिक्री गरिरहेको छ। 

सुख्खायाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको वहाव घट्दा जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन पनि घट्छ। 

अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ। आइएक्ससँग खुल्ला बजारमा आयातनिर्यात हुनुपर्ने सम्झौता छ। तर त्यसको नवीकरण भएको थिएन।

आगामी हप्ता त्यसको नवीकरण गर्ने समय सकिँदै थियो। त्योअघि नै सरकारले प्रक्रिया अघि बढाए पनि भारतले आनाकानी गर्दै आएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर