सडक बत्ती बालेबापत स्थानीय तहले तिर्न बाकी ६ अर्ब, तत्काल भुक्तानी गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहलाई बक्यौता विद्युत महसुल भुक्तानीका लागि आग्रह गरेको छ । सडक बत्ती प्रयोग गरेबापतको बक्यौता विद्युत महसुल भुक्तानीका लागि देशभरका विभिन्न स्थानीय तहलाई अनुरोध गरेको हो ।

प्राधिकरणका अनुसार हाल सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । उक्त महसुल किस्ताबन्दी मार्फत पनि बुझाउन सकिने सुविधा रहेको प्राधिकरणले जनाएको छ । हालसम्म प्रयोग गरिएको सडक बत्तीको बक्यौता महसुल समर्थन गरि आवश्यक भएमा किस्ताबन्दी सुविधा माग गरि भुक्तानी गर्न सकिने प्राधिकरणले जनाएको छ ।

उक्त बक्यौता महसुल नतिर्ने  बिना मिटर जडान गरिएका सडक बत्ती प्राधिकरणबाट हटाईने जनाएको छ । त्यसका लागि सम्वन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वधक ग्राहक बनी मिटर मार्फत सडक बत्ती जडान गर्न प्राधिकरणका अनुरोध छ ।

प्राधिकरणबाट स्वीकृती नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खन्ड (ङ १) बमोजिम गैरकानुनी मानिन्छ । अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको प्राधिकरणले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर