अभिनेत्री पूजा शर्माको शल्यक्रिया सफल

काठमाडौं । मेडिसिटी अस्पतालमा अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको सफल शल्यक्रिया गरिएको छ । सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले आफ्नो फोटो साझा गरेकी छन् ।

आइतबार शल्यक्रिया गरिएको र सोमबार बेलुकासम्म डिस्चार्ज हुने उनले जानकारी दिएकी छन् । ‘सफलतापूर्वक अप्रेसन भएको छ र चाँडै स्वास्थ्य रिकभर भएकोमा म खुसी छु,’ पूजाले लेखेकी छन्, ‘अबको समय चाँडो निको हुन डाक्टरको सल्लाह पालना गर्ने र आराम गर्ने हो ।’

उनले लेखेकी छन्, ‘मेरो स्वास्थ्यलाभको शुभकामनाको लागि धन्यवाद । तपाईंका दयालु सन्देशले मेरो हृदय कृतज्ञताले भरिएको छ । म भाग्यमानी छु कि मेरो जीवनमा यस्ता अद्भूत व्यक्ति छन् । सुस्वास्थ्य, सुख शान्ति र सदैव तपाईंको साथमा रहोस् । आमेन ।’

कलाकार र विभिन्न क्षेत्रका व्यक्तिले पूजाको स्वास्थ्यलाभको कामना गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर