नागढुंगा सुरुङमार्ग आज छिचोलिँदै

काठमाडौं । नेपालको पहिलो सुरुङमार्ग नागढुंगा आज सोमबार छिचोलिँदै छ। काठमाडौं उपत्यका जोड्ने मुख्य सडकको सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्न लागिएको हो।

जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङमार्ग छैनन्।

त्यसकारण यो ‘ब्रेक थ्रु’ नेपालमा सुरुङ यातायातको लागि पहिलो हुनेछ। 

धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने गरी निर्माण भइरहेको सुरुङमार्ग सोमबार दिउँसो साढे १२ बजे छेडिनलागेको हो। 

काठमाडौं उपत्यका जोड्ने २।६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक ९एडीबी०को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ। 

यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ।

सुरुङमार्गमा अब करिब १ मिटर मात्रै पूरा हुन बाँकी छ।  

नागढुंगा सुरुङमार्ग छेडिँदा करिब ५ किलोमिटर छोटो हुने सडक विभागले जनाएको छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए।  

जापानी कम्पनी हाजमा अन्दो कर्पोरेसनले यसको निर्माण गरिरहेका छन्।  
 
नागढुंगासँगै २०८१ मै थप ३ वटा सडकमार्गका सुरुङ छिचोलिँदै छन्। निर्माणाधीन द्रुतमार्गमा कुल ६ सुरुङ छन्। यीमध्ये ३ वटा सुरुङमार्ग आगामी कात्तिकसम्म ब्रेक थ्रु गर्ने लक्ष्य राखिएको छ। 

काठमाडौंतर्फका १ किमिको देवीचौर, ०.३९ किमिको सिसौटार, २.२५ किमिको चन्द्राम भीर सुरुङ ठेक्का लागेका छन्।   

निर्माण भइरहेकामध्ये महादेवडाँडा सुरुङ ३.३५ किमि कात्तिकसम्म सक्ने लक्ष्य छ। १.६३ किलोमिटरको धेन्द्रे सुरुङमार्ग र मधेशतर्फको अन्तिम सुरुङ १.४३ किलोमिटर लम्बाइको लेनडाँडामा सुरुङमार्ग ब्रेक थ्रु हुने अन्तिम चरणमा छन्।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर