पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो सरकारले 

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । 

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको जनाएको छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर