मधेश सरकारबाट बाहिरियो लोसपा, समर्थन फिर्ता
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
पार्टीबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले मंगबार राजीनामा दिएका छन् ।
वनमन्त्री कुर्मीको राजीनामासँगै मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको लोसपा सांसदहरूले बताएका छन् ।
मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लिने कार्यक्रम रहे पनि जनमतको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ ।
१० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस