महालेखापरीक्षकमा तोयम राया संसदीय सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौं । महालेखापरीक्षकमा तोयम रायालाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा रायालाई महालेखापरीक्षकमा अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए । 

रायाले समितिसमक्ष पेस गरेको १५ पृष्ठको कार्ययोजनामा महालेखा परीक्षक कार्यालयको संगठन पुनर्संरचना गर्नुपर्ने बेला आइसकेको बताएका छन् ।

संघीय शासन प्रणाली मुलुकमा कार्यान्वयनमा आइसके पनि महालेखा परीक्षकको संगठन संरचना भने केन्द्रीकृत नै रहेको बताउँदै उनले पुनर्संरचनाको आवश्यकता रहेको उनको भनाइ थियो ।

रायाले प्रदेशमा महालेखा परीक्षक कार्यालय खोल्नुपर्नेसमेत बताएका छन् । प्रदेशसभामा बेरुजुबारे छलफल हुने गरेको र त्यसका लागि महालेखापरीक्षकका अधिकारी सहभागी हुने गरे पनि प्रदेशमा महालेखा परीक्षक कार्यालय छैनन् ।

‘परिवर्तित संघीय शासन प्रणालीअनुरूप महालेखा परीक्षकको कार्यालयको संगठन पुनर्संरचना गरिने, प्रदेशमा कार्यालय स्थापना गर्ने योजनाबारे उनले भने ।

त्यस्तै, लेखापरीक्षणका मानदण्ड तथा लेखापरीक्षणका नीतिहरूलाई संघीयता अनुकूल निरन्तर रूपमा सुधार गर्दै लगिने रायाले बताए ।

राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायालाई गत चैत १८ गते बसेको संवैधानिक परिषद् बैठकले महालेखापरीक्षकमा सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर