लगानी सम्मेलनमा निजी क्षेत्रबाट ३१ परियोजना प्रस्तुत हुने

बैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रका तर्फबाट ३१ परियोजना प्रस्तुत हुने भएका छन् । लगानी बोर्डका अनुसार निजी क्षेत्रका तर्फबाट ३१ परियोजना प्रस्तुत हुने पक्का भएको हो ।

अपर मस्र्याङ्दी १ जलविद्युत आयोजना, अप्सुवा खेला १ हाइड्रोपावर, पोड–वे, ह्याप्पी ल्याण्ड फन पार्क एण्ड रिसोर्ट झापा, नेचुरल एग्रिकल्चर फार्म कपिलवस्तु, माकाली सेती क्यासकेड हाइड्रोपावर, सगरमाथा ट्रेलमा १० वटा लक्जरी होटल र सेती नदी हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट निजी क्षेत्रले प्रस्तुत गर्ने योजना रहेका छन् ।

यस्तै, सिक्लेस–अन्नपूर्ण केवलकार, भरतपूर आइल्याण्ड रिसोर्ट, टिप्ल्याङ कालिगण्डकी हाइड्रो, आईएमई सिमेन्ट बैतडी, काठमाडौँ टेक्निकल स्कुल, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्स, मिडल कालिगण्डकी हाइड्रोपावर, जालपादेवी केवलकार, कम्पोष्ट फट्रिलाइजर, घुम्ने पार्किङ, अपर सानीभेरी हाइड्रोपावर र मुगु कर्णाली हाइड्रोपावर पनि रहेका छन् ।

यसैगरि, पेल्मा खोला हाइड्रोपावर, दाना खोला हाइड्रोपावर, माथिल्लो बुढीगण्डकी हाइड्रोपावर, लान्द्रुक मोदी, बलेफी खोला, चुवा खोला क्यासकेड, नरखोला हाइड्रो, अपर चुवाखोला हाइड्रो, अपर अप्सुवा हाइड्रो, अपर भेरी हाइड्रोइलेक्ट्रिसिटी र सुर्के दूधकोशी हाइड्रो पनि निजी क्षेत्रले प्रस्तुत गर्ने परियोनामा समावेश भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर