ठूला कम्पनीले ९ महिनामा दाखिला गरे १ खर्ब ५१ अर्ब राजस्व

काठमाडौं । १ अर्ब भन्दा धेरै कारोबार गर्ने ठूला कम्पनीहरुले ९ महिनामा १ खर्ब ५१ अर्ब ४ करोड १२ लाख कर दाखिला गरेका छन् । ठूला करदाता कार्यालय अन्तर्गतका कम्पनीहरुले सो बराबर कर दाखिला गरेका हुन् । चालु वर्षमा कार्यालयले कुल लक्ष्यको ७७.१६ प्रतिशत राजस्व संकलन गरेको छ । कुल ५ सय ४३ करदाता रहेको यो कार्यालयले गतवर्षको तुलनामा १२.३५ प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

चालु वर्षको ९ महिनामा सबैभन्दा धेरै आयकर शिर्षकमा असुली भएको छ । यो शिर्षकमा ९१ अर्ब ४९ करोड २९ लाख  संकलन भएको छ । कार्यालयले यो अवधिमा १ खर्ब ९ अर्ब ७१ करोड राजस्व संकलनको महत्वकाँक्षी लक्ष्य राखेको थियो । तर लक्ष्यको ८३.३९ प्रतिशत संकलन भएको हो ।

यो शिर्षकमा बैंक तथा वित्तीय संस्थाले चालु वर्ष फर्दर पब्लिक अफरिङ (एफपीओ) र वार्गेन पर्चेज ९मर्जर० शिर्षकमा १३ अर्ब ५ करोड कर संकलन भएको थियो । यसले गर्दा पनि कर संकलन वृद्धि भएको हो । यस्तै,  अन्तशुल्क शिर्षकमा ३३ अर्ब २६ करोड ६३ लाख राजस्व संकलन भएको छ । यो शिर्षकमा ९ महिनामा ४८ अर्ब ३४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

मूल्य अभिवृद्धि कर (भ्याट) शिर्षकमा ३५ अर्ब २९ करोड लक्ष्यमा २३ अर्ब ४८ करोड मात्रै संकलन भएको छ । चालु वर्ष आन्तरिक अर्थतन्त्रमा दबाब देखिदा त्यसको असर राजस्वमा समेत देखिएको छ । धेरै राजस्व दाखिला गर्ने कम्पनीहरु अधिकांशको कारोबार कम देखिएको कार्यालयले जनाएको छ ।

राजस्वको हिसाबले महत्वपुर्ण मानिएका बैंक तथा वित्तीय क्षेत्रको त्रैमासिक विवरणमा नाफा घटेको देखिएको छ । कुनैपनि सिमेन्ट कम्पनीले गतवर्षको तुलनामा बिक्री बढाउन सकेका छैनन् । फलाम तथा डन्डी उद्योगले पनि व्यापार बढाउन सकेको छैन ।

चालु वर्ष ५ सय ४३ करदाताबाट २ खर्ब ८६ अर्ब ८० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर