सबै राजनीतिक दलहरू लगानी मैत्री वातावरण बनाउन प्रतिबद्ध छन्: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको बताएका छन् ।

काठमाडौंमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको जिकिर गरे ।

पुनले सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भएपनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरुका प्रतिवद्धताहरु समान रहेको बताए । उनले लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहने दाबी गर्दै प्रतिवद्धताहरु, नीतिका निरन्तरताहरु लगानी सम्मेलनमा देख्न सकिने बताए ।

सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन नभएको भन्दै लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउने पूुनको मत रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर