विदेशी मुद्राको सम्पत्तिमा २४ प्रतिशतको वृद्धि

चालु आर्थिक वर्षको ९ महिनामा चलनचल्तीमा रहेका नोट ४४ अर्बले बढेका छन् । सरकारी खातामा पैसा जम्मा नहुँदा चलनचल्तीका नोट बढेका हुन ।

चालु आर्थिक वर्षको चैसम्ममा ६ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ बराबरका नोट चालनचल्तीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सो अवधिमा चलनचल्तीमा रहेका नोट गत असार अन्तिमको तुलनामा ४४ अर्ब भन्दा धेरैले बढेको हो । गत असारसम्ममा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ बराबरका नोट प्रयोगमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको यो अवधिमा अर्थतन्त्रमा देखिएको सुस्तताका कारण सरकारी राजस्व संकलनमा कमी आयो । राजस्व संकलनमा आएको कमीका कारण सरकारी खातामा जम्मा हुने रकममा समेत कमी आएपछि प्रयोगमा रहेका नोटमा वृद्धि भएको केन्द्रीय बैंकका अधिकारी बताउँछन । राजस्व संकलन बढेको खण्डमा चलन चल्तीका नोटमा कमी आउने उनीहरुको तर्क छ ।

केन्द्रीय बैंकले भने विद्युतीय कारोबारमा आएको वृद्धिले नगदको प्रयोगमा कमी आउने भएकाले चलनचल्तीका नोटमा कमी आउने दावी गर्दे आएको थियो । तर, चालु आर्थिक वर्षको ९ महिनालाई हेर्दा विद्युतीय कारोबार बढ्दा पनि नगदको प्रयोगमा कमी नआएको स्पष्ट हुन्छ ।

चालु आर्थिक वर्षको केन्द्रीय बैंकले आर्थिक वर्ष २०८०र८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । सोही अनुसार केन्द्रीय बैंकले वित्तीय प्रणालीमा मनि सप्लाई बढाएकोे देखिन्छ । केन्द्रीय बैंकले मनी सप्लाइ बढाएको भएपनि फर्केर जाने चक्र अर्थतन्त्रमा देखिएको समस्याका कारण खलबलिए पनि प्रयोगमा भएका नोट बढेका हुन ।

त्यसैगरी औपचारिक अर्थतन्त्रमा डिजिटल बैंकिङ कारोबार बढेपनि अनौपचारिक कारोबार भने नगदमै हुने गरेको छ । त्यसले गर्दा पनि डिजिटल बैंकिङ प्रयोगले पनि चलनचल्तिका नोट घट्न सकेका छैनन् । अर्थतन्त्रको विस्तार, सरकारी खर्चको भुक्तानीले पनि चलनचल्तिका नोट घट्ने वा बढ्ने हुन्छ ।

चालु आर्थिक चैतसम्ममा विदेशी मुद्राको सम्पत्ति करिब २५ प्रतिशतले बढेको छ । गत असार अन्तिममा विदेशी मुद्राको सम्पत्ति १४ खर्ब ४४ अर्ब रहेकोमा २०८० चैत अन्तिम सम्ममा आइपुग्दा बढेर १७ खर्ब ९९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । चालु आवको ९ महिनामा केन्द्रीय बैंकले विदेशी बैंकहरुमा राखेको टर्म निक्षेप मात्रै ९२ अर्बले बढेको छ । त्यसैगरी केन्द्रीय बैंकले सुन तथा विदेशी धितोपत्रको लगानी पनि बढाएपछि विदेशी मुद्राको सम्पत्ति बढेको हो। केन्द्रीय बैंकले सो अवधिमा सुनमा १४ अर्ब र विदेशी धितोपत्रमा २ खर्ब २३ अर्बले लगानी बढाएको जनाएको छ ।

केन्द्रीय बैंकसँग चालु आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप भने १७ अर्बले बढेको छ । गत असारमा केन्द्रीय बैंकसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ८० अर्ब ७७ करोड रहेकोमा चैतससम्म आइपुग्दा बढेर २ खर्ब ९७ अर्ब ७८ करोड पुगेको हो । चालु आवको ९ महिनामा केन्द्रीय बैंकसँग सरकारी निक्षेप भने उल्लेख्य बढेको छ । गत असारमा ४५ अर्ब ८ करोड सरकारी निक्षेप रहेको केन्द्रीय बैंकसँग चैतसम्ममा २ खर्ब ८६ अर्ब ५२ करोड रुपैयाँ बचत रहेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा केन्द्रीय बैंकको सञ्चिति करिब ७६ अर्बले बढेको छ । गत असार अन्तिमसम्ममा ४ खर्ब ६४ खर्ब ९५ करोड रहेको केन्द्रीय बैंकको सञ्चिति चैतसम्ममा बढेर ५ खर्ब ४० अर्ब २१ करोड पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर