धनुषामा तनाव : नौं राउण्ड अश्रुग्याँस प्रहार

धनुषा । दुई जोडी युवा–युवती भागेर गएको विषयले चर्को विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त बनेको छ ।

तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म नौं राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको छ ।

करिब दुई साताअघि दुई युवकले दुई जना युवती भगाएर लगेका थिए । ती दुई जोडी अहिलेसम्म पनि नआएपछि छोरी पक्षकाले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाकाले जानकारी दिए ।

प्रदर्शन नियन्त्रण गर्न गएको प्रहरीको गाडीमा प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाई दिएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीको भनाई छ ।

अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । प्रहरीले आफ्नो छोरीहरू खोज्न कुनै पहल नगरको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै प्रदर्शन भएको हो ।


पौडेसरका १६ वर्षका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का शाजिद नदाफ र मोफिद नदाफले गत वैशाख ४ भगाएर लगेका हुन् । यसपछि प्रहरीले शाजिद नदाफको बुवा आमा, मोफिद नदाफका काका र युवतीहरु भगाउन सहयोग गर्ने दुई जनासहित ५ जना पक्राउ गरेको छ ।

केटी पक्षकाले केटा पक्षकालाई अपहरण र शरीर बन्धकमा मुद्दा चलाउन प्रहरीलाई दबाब दिइरहेका छन् । तर प्रहरीले घर विवादको मुद्दा चलाएको केटी पक्षको आरोप छ ।

मोफिद नदाफका बुवा विदेशमा रहेको र आमा फरार रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । ती दुई जोडी अहिले पनि सम्पर्कमा छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर