सुहाङलाई बधाई दिँदै ओलीले भने–एमालेले युवालाई अगाडि बढाउँछ

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इलाम–२ को उपनिर्वाचनमा निर्वाचित एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले सुहाङलाई बधाई र इलामका मतदातालाई धन्यवाद व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको समेत बताएका छन् । उनले आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै लैजाने उल्लेख गरेका छन् ।

‘इलाममा सुहाङ, हार्दिक बधाई !! इलामका मतदातालाई धन्यवाद ११ मैले अस्ती चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ– कति भोटले जितिन्छ ? सुहाङले भन्नु भएको थियो–इलामेली जनतालाई सोध्नु पर्छ । आज अन्तिम परिणाम आयो– ५,८३० मतान्तरले जीत भयो ।’ अध्यक्ष ओलले भनेका छन्, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ । फेरि बधाई सबै इलामेलीलाई !!’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर