आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।

आज (मंगलबार) आर्थिक वर्ष २०८०/०८१ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले समग्रमा देशको अर्थतन्त्रका सूचक सकारात्मक दिशामा रहेको बताए । कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डिल्लीराज जोशीले लेखाका तथ्याङ्क महत्वपूर्ण रहेको बताए । उनले लेखा तथ्याङ्क आर्थिक वर्ष २०२१/२२ देखि नियमितरूपमा सार्वजनिक गर्दै आएको पनि जानकारी दिए ।

तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा उपभोक्ता मूल्य ३.८७ प्रतिशत, आधारभूत मूल्य ३.५४ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । यसैगरी देशको अर्थतन्त्रको आकार ५८ खर्ब नाघ्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर