एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

जनकपुरधाम । नेपाल एभरेष्ट बैंकले वीरगंज शाखा तथा मधेश प्रदेश कार्यालय आफ्नै भवनबाट संचालन थालेको छ । २३ वैशाखमा आयोजित विशेष कार्यक्रमका बिच वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको हो । 

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यतिmत्वहरुको उपस्थिति रहेको थियो । 

सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उपे्रतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए ।  

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् । 

देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ ए.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्.एम् एस् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । 

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर