भारतले मागेजति विद्युत नदिँदा नेपाली उद्योगमा लोडसेडिङ भयो: अर्थमन्त्री पुन  

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भारतले चुनावलाई देखाएर मागेजति विद्युत नदिँदा नेपालमा लोडसेडिङ भएको बताएका छन् । उनले प्रसारण लाइनमा रहेको विद्युतले पनि उद्योगमा लोडसेडिङ भएको बताएका हुन । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘विगतमा हिउँदमा एक तिहाई उत्पादन हुने बिजुली एक चौथाइमा झरेको छ, वर्षायाममा ३२ सय मेगावाट उत्पादन हुनेमा अहिले ८ सयमा झरेको छ, भारतले चुनावलाई देखाउँदै मागेजति विद्युत नदिँदा नेपालका उद्योगहरूमा लोडसेडिङ भएको हो,’ उनले भने ।

उनले समग्र अर्थतन्त्रमा शिथिलता देखिए पनि गत वर्षभन्दा यस वर्ष आर्थिक वृद्धिदर बढी रहेको धारणा राखे ।  उनले उत्पादनसँग सम्बन्धित उद्योग र निर्माण क्षेत्रमा पनि समस्या देखिएकाले त्यसको समाधानमा सरकार लागिपरेको धारणा राखे ।

पछिल्लो समय उद्योगीहरूले लोडसडिङ भएको बताउँदै आएका छन् । तर, नेपाल विद्युत प्राधिकरण भने यसलाई लोडसेडिङ भन्न नमिल्ने धारणा राखिरहेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको बताएका छन् । उनले अहिले व्यवसायीमा आत्मविश्वासको कमी भएको बताउँदै उद्योगी व्यवसायीले अहिले आत्मबल बढाउन आवश्यक रहेको धारणा राखे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर