हिक्मत कार्कीलाई कोशीको मुख्यमन्त्री बनाउन ५२ सांसदको हस्ताक्षर

काठमाडौँ । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ५२ सांसदले समर्थन गरेका छन् । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् । 

कार्कीले आफू्लाई मुख्यमन्त्रीमा नियुक्त गर्न आग्रह गर्दै प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बिहीबार दाबी पेश गरिसकेका छन् । 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै सांसदलाई मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्न आह्वान गरेका छन्।

९३ सदस्यीय प्रदेश सभामा एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ सांसद उनीहरूसँग छ।

२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

कोसी प्रदेश सभा सचिवालयले २०८१ वैशाख १० गते प्रदेश सभाबाट बहुमतले संकल्प प्रस्ताव पारित गरेको र वैशाख २६ गतेको पत्रमार्फत संवैधानिक व्यवस्थाबमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव दर्ता हुन नआएको जानकारी प्राप्त भएको जनाउँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर