‘कार मेड इन नेपाल !’ (तस्वीरहरु)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ गरेका छन् । 

निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।

उक्त कम्पनीले ५० हजार थान विभिन्न थरीका चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य लिएको थियो । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा एसेम्बल प्लान्ट स्थापना गर्ने योजना कम्पनीले बनाएको थियो । तर, मोट्रेक्सले कर छूटलगायत विभिन्न सुविधा खोजेकाले यसको एसेम्बल प्लान्ट स्थापना अन्योलमै छ ।

आर्थिक वर्ष २०७९र८० को बजेटमा चारपांग्रे सवारीसाधनको एसेम्बल प्लान्टका लागि स्पेयर पार्टस् आयातमा ५ वर्षसम्म अन्तःशुल्क ५० प्रतिशतले र भन्सार २५ प्रतिशतले छूट दिने घोषणा भएको थियो ।  

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने छ ।

तस्वीरहरुः प्रधानमन्त्रीको सचिवालय÷प्रदीपराज वन्त

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर