निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । 

नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँगको भेटमा ढकालले यस्तो बताएका हुन् । 

भेटमा अध्यक्ष ढकालले नेपाल प्राकृतिक स्रोत–साधनमा धनी भएको, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति रहेको पनि बताए । 

यद्यपि, यी फाइदालाई पूर्ण रूपमा सदुपयोग गर्न र आर्थिक वद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताए । 

त्यस्तै, नवप्रवर्तन, उद्यमशीलता विकास र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । 

यसैबीच होल्टम्यानले आइएफसी सधैँ निजी क्षेत्रको विकासको साझेदार र विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवद्र्धन गर्न पनि साझेदार भएको उल्लेख गरे । उनले नेपालको विकास कार्यमा आइएफसीले निरन्तर सहयोग र सहकार्य गर्ने बताए ।

होल्टम्यानले नेपालमा दिगो आर्थिक विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग साझेदारी गर्न पाउँदा आफू खुसी भएको बताए ।

गत वर्ष आइएफसी र महासंघले संयुक्त रूपमा पहिलोपटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर