सुनको मूल्य लगातार ओरालो

काठमाडौं । सुनकाे मूल्य साताको अन्तिम दिन पनि घटेको छ। गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।

मंगलबार प्रतितोला एक हजार दुई सय रूपैयाँ, बुधबार प्रतितोला एक सय रूपैयाँ, बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला एक हजार आठ सय रूपैयाँ गरी यो चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। 

बिहीबार प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर