अबको लक्ष्य मिसन २०८४ः मन्त्री चौधरी

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताएकी छन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेही मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताइन ।

सम्पूर्ण पार्टी पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने भन्दै उनले भनिन्,राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो । पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो । अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ ।’

पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उनले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दावी गरिन् । उनले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताइन । 

‘अब हामी कम्तीमा ५१ प्रतिशत जित्ने गरी स्थानीय, प्रदेश र संघमा जित्ने गरी अहिलेदेखि नै लाग्नुपर्छ । हाम्रो भोलीको लक्ष्य दुई तिहाइ हो । तर अहिलेदेखि नै हामीले बढीभन्दा बढी जित्नका लागि लाग्नुपर्छ,’ उनले भनिन् ।

नेकपा एमाले इटहरी नगरका कार्यवाहक अध्यक्ष रूपेश बस्नेतको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज , कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर