एमालेका वडाध्यक्षले जितपुर-सिमरा नगर सभामा तोडफोड गरे 

जनकपुरधाम । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको नगरसभा विथोलिएको छ ।  

नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगरसभा नै स्थगित भएको छ । 

बजेट पेस गर्ने गरी बोलाइएको नगरसभामा एमाले र कांग्रेसका केही वडाध्यक्षले नगर प्रमुख राजन पौडेल प्रवेश गर्नेवित्तिकै विरोध गरेका थिए । 

प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले र केही नगर सभा सदस्यहरू उपस्थित भएपछि मेयर राजन पौडेलले बैठक अघि बढाएका थिए। तर बैठकमा उपमेयर भोला अधिकारीलगायत उपस्थित थिएनन्।

उनीहरुले नगर सभामा रहेका कुर्सी र केही टेबलसमेत तोडफोड गरेका छन् । 

उनीहरुको विरोध र तोडफोडपछि नगरसभा स्थगित गरिएको थियो । 

२०७९ सालको नगरसभा पनि एमालेका प्रतिनिधिले असहयोग गरेपछि स्थगित भएको थियो । 

मेयर पौडेल नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन् भने उपमेयर अधिकारी नेकपा (एमाले) बाट निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर