अख्तियारले पोखरा महानगरपालिकामा छापा हान्याे

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरको कार्यालयमा मंगलबार दिउँसो छापा मारेको छ।

विशेष गरी महानगरले मनिपाल शिक्षण अस्पताललाई दिएको करोडौं कर छुटको बिषयमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो।

अख्तियारले अनुसन्धानका लागि महानगरका कागजात नियन्त्रणमा लिएको छ।

मनिपाललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेकाले अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान पोखराका प्रवक्ता जगदिशचन्द्र सिवाकोटीले बताए।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायत मनिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर