यी हुन् मधेश सरकारमा सहभागी हुने कांग्रेसका ४ अनुहार

जनकपुरधाम । वर्तमान सरकारमा रहेका मन्त्री हटाएर नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

कांग्रेसले पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनरायण यादवलाई मन्त्री बनाउन लागेको नेपाली कांग्रेसका सांसद सञ्जय महतोले बताए ।

कांग्रेसलाई अर्थ मन्त्रालय, उर्जा सिचाईँ तथा खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने सहमति भएको कांग्रेस सांसद शेषनरायण यादवले बताए ।

कांग्रेसले ४ मन्त्रालयका लागि नाम टुंगो लगाएपनि जनमतले ३ मन्त्रालय मात्र दिनसक्ने जनाएको छ । 

२५ सांसद रहेको एमालेलाई ४ र २२ जना सांसद रहेको कांग्रेसलाई ३ मन्त्रालय दिएर मुख्यमन्त्री सतिश सिंहले अर्थ मन्त्रालय आफैंले राख्न चाहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर