जनमत पार्टीमा सचिव साहसहित सात नेता–कार्यकर्तालाई अनुशासनको डण्डा

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले  अनुशासन विपरित काम गरेको भन्दै केन्द्रीय सचिवसहित ७ नेता कार्यकर्तालाई अनुशासनको डण्डा चलाएको छ ।

राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद साह (बिपी) सहित सात जना नेता–कार्यकर्तालाई तीन महिना निलम्बन गरेको हो। निलम्बन हुनेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चैया नगरपालिका कमिटीका सचिव कृष्णचन्द्र साह लगायत छन्।

गत असार २० गते बिहीबार बसेको जनमत पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उनीहरूलाई कारबाही गरेको हो।

‘जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिएकाले पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै मितिबाट ३ महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर