मुगुमा भूकम्पको धक्का महसुस

काठमाडौं । मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ ।  

बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो । 

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर