रेशम चौधरीको नाउपामा घर झगडाः दलका नेता धर्म हटाइए

बुटवल । नागरिक उन्मुक्ति पार्टी र विवाद एक अर्काको पर्याय जस्तै बनेको छ । लामो समयदेखि जारी नाउपाभित्रको विवाद आजका दिनसम्म जारी छ । पारिवारिक विवादका कारण नाउपामा बेला–बेला समस्याहरु सार्वजनिक भइरहन्छन् ।  

केन्द्रमा मात्र होइन नाउपाको किचलो प्रदेशसम्म उस्तै छ । अहिले लुम्बिनी प्रदेशमा नाउपाभित्र किचलो उत्पन्न भएको छ । अध्यक्ष रञ्जिता चौधरी र संस्थापक रेशम चौधरीबीचको विवाद केन्द्रमा मात्र होइन लुम्बिनी प्रदेशमा पनि देखिएको छ ।  यहाँ पनि दलको नेता हटाएर विवादलाई बढाउने काम भएको छ । 

बुधबार सरकारमा जाने तयारीमा रहेका  रन्जिता निकट धर्मबहादुर चौधरीलाई दलको नेताबाट हटाएर रेशम चौधरी समूहका राजकुमार चौधरीलाई दलको नेता बनाइएको छ । लुम्बिनीमा चार सांसद रहेको नाउपामा अहिले दुई जना रञ्जिता र दुई जना रेशम समूहमा विभाजित देखिएका छन् । रञ्जिता समूहेका धर्मबहादुर चौधरी एमाले–कांग्रेस गठबन्धनको सरकारमा जाने तयारीमा थिए । बुधबार बिस्तार हुन लागेको मन्त्रीपरिषदमा उनले सामेल हुने भइसकेका थिए ।

नयाँ जिम्मेवारी पाएका दलका नेता राजकुमार चौधरीले प्रदेश सभा सचिवालयलाई आफ्नो पार्टीको निर्णयबारे जानकारी दिएको जनाएका छन् । नाउपाले दलको नेतासँगै प्रमुख सचेतक र सचेतक पनि फेरेको हो । यसअघि प्रमुख सचेतक रहेका राजकुमार चौधरी दलको नेता बनेपछि सो स्थानमा नरमाया ढकाललाई सचेतकमा निर्मलादेवी थारुलाई जिम्मेवारी दिइएको जनाइएको छ ।

यता दलको नेताबाट हटाइएका धर्मबहादुर चौधरीले यो विषयमा कुनै सत्यता नभएको बताएका छन् । उनले आफू र नरमाया ढकाल त्यो बैठकमै नगएको र निर्मलादेवी चौधरीलाई जबरजस्ती हस्ताक्षर गराइएकोले यो निर्णय बुधबार नै अवैध हुनेगरी प्रदेश सभामा निवेदन दिने उनले जानकारी दिए । निर्मलादेवीलाई झुक्याएर हस्ताक्षर गराइएको जिकिरि गर्दै चौधरीले भने, ‘यसमा कुनै वैधानिकता छैन, बहुमत हामीतिरै छ, यो विषयमा उहाँले भोलि नै विज्ञप्ति निकाल्नु हुन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर