मौद्रिक नीतिः कर्जा प्रवाह वृद्धिदर साढे १२ प्रतिशत हुने

काठमाडौं । चालु आर्थिक वर्षमा कर्जा प्रवाह वृद्धिदर साढे १२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को वार्षिक मौद्रिक नीतिले यस्तो प्रक्षेपण गरेको हो ।
मौद्रिक नीतिमा निजी क्षेत्र तर्फ जाने कर्जा वृद्धिदर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ ।

सरकारको बजेटमा अनुमान गरिए बमोजिम ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिने केन्द्रिय बैंकले जनाएको छ।

मौद्रिक नीतिमा उल्लेख गरिएको छ,‘आर्थिक वर्ष २०८१र८२ को लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर