कांग्रेस–एमालेका युवाहरुबीच खुकुरी हानाहान

घाइते विष्ट र मल्ल

सुर्खेत ।  सत्ता गठबन्धनमा रहेकाे दल नेपाली कांग्रेस र सरकारकाे नेतृत्व गरिरहेकाे नेकपा एमालेका युवाहरूबीच खुकुरी हानाहान भएकाे छ । बाँकेमा आपराधिक पृष्ठभूमिका दुई समूहबीच ‘ग्याङ फाइट’ भएको हो । बैजापुरमा भएको ग्याङ फाइटका क्रममा दुईजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बैजापुरका २८ वर्षीय सुलभ मल्ल र २८ वर्षकै सन्दीप विष्ट छन् । उनीहरू दुवैजनाको अवस्था गम्भीर छ ।

दुवैजनालाई उपचारका निम्ति भारतको लखनऊ लगिएको छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं एसपी तुलबहादुर कार्कीले बताए ।

प्रहरीका अनुसार, घाइते मल्लको बायाँ कोखामा गम्भीर चोट लागेको छ । विष्टको दुवै हातका कुमतर्फको भागमाथि छिनालिएको छ । घटनाको अनुसन्धानका निम्ति चारजनालाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा बाँकेकै राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका ३४ वर्षीय ज्ञानेन्द्र वली, सोही ठाउँका रत्नबहादुर भण्डारी, वामे भनिने सन्दीप वली र दाङको घोराहीका विशाल बस्नेत छन् । 

उनीहरू चारैजना नेकपा (एमाले)निकट युवासंघमा आबद्ध रहेका खुलेको छ ।

घाइेत दुवैजना नेपाली कांग्रेसनिकट तरुण दलमा आबद्ध युवा हुन् । घटनाको विरोधमा तरुण दलले आइतबार नेपालगन्जमा प्रदर्शन गरे । तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह र सचिव बिनोद रिजालले विज्ञप्ति जारी गर्दै घटनापछि जिल्लाको शान्ति सुरक्षामा खलल भएको र प्रहरीको सक्रियतामा समेत प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका छन्। 

घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेका अनुसार करिब १०/१५ जनाको संख्यामा आक्रमण गर्न आएका थिए। घाइतेले केही आक्रमणकारीको पहिचान गरेको आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

घटनामा संलग्नलाई चाँडो भन्दा चाँडो कारबाही गर्नुपर्ने, अन्यथा तरुण दल आन्दोलनमा जान बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर