चलचित्र विकास बोर्डको अध्यक्षमा डिसी नियुक्त

काठमाडौं । काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल ( डिसी) नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आज (बिहीबार) को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । चलचित्र निर्देशक, अभिनेता तथा संचारकर्मी डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रम निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् ।

चलचित्र ‘सुनचाँदी’ बाट उनी अभिनय क्षेत्रमा प्रवेश गरेका थिए । उनले पछिल्लो पटक चलचित्र ‘फूलफूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए । उनले वर्षेनी फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका छन् ।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । चलचित्र विकास बोर्डको अध्यक्षका लागि अन्तिम समयमा तीन जनाको नाम सिफारिस भएको थियो ।

छ जना आवेदकमध्येबाट सिफारिस समितिले दिनेश डिसी, राजेश थापा र दिपा पाण्डे बस्नेतको नाम सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष बुझाइएको थियो । अध्यक्षमा आवेदन दिएसँगै चर्चामा आएकी अभिनेत्री करिष्मा मानन्धर भने छनोटमै परिनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर