हलिउडका स्टार एन्जेलिना जोली र ब्राड पिटबीच सम्बन्ध-विच्छेद

एजेन्सी । हलिउड स्टार एन्जेलिना जोली र ब्राड पिटले आठ वर्षको लडाइँपछि सम्बन्ध-विच्छेद गरेका छन्।

एन्जेलिनाका वकिलले मिडियालाई यो जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ। 

समाचार एजेन्सी एपीको रिपोर्टअनुसार ब्राड पिटका वकिललाई सम्बन्धविच्छेदबारे सोध्दा उनले टिप्पणी गर्न अस्वीकार गरे। दुईबीच सन् २०१४ मा विवाह गरेका थिए। उनीहरूका ६ छोराछोरी छन्।

एन्जेलिना जोलीले सन् २०१६ मा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन्। त्यतिबेला उनले यसो हुनुको पछाडि ‘मतभिन्नता’ रहेको बताएकी थिइन्। 

यो जोडीलाई फ्यानबीच ‘ब्रान्जेलिना’ भनेर चिनिन्थ्यो। उनीहरूबीच सुरुमा सन् २००५ मा आएको फिल्म ‘मिस्टर एन्ड मिसेस स्मिथ’को सेटमा भेट भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर