एनसेल नयाँ टिकटक प्याक, १७५ रुपैयाँमा ७ दिने अनलिमिटेड सुविधा

एनसेलका ग्राहकहरुले अब मज्जाले टिकटक चलाउन सक्नेछन् । कम्पनीलेशुक्रबार भाद्र २१ गतेबाट टिकटक प्याक सञ्चालनमा ल्याएको बताएको छ । साथै कम्पनीले सबै सधैं सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।

ग्राहकहरुले करसहित मात्र १७५ रुपैयाँमा सातदिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन् । त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्ने कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

सरकारबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटेसँगै कम्पनीले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । यसको मतलब अब सधैं अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाइनेछ ।  

“नेपालमा औधी मन पराइएको सामाजिक सञ्जाल टिकटकमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहकहरु सबैका लागि स्वागतयोग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं”, कम्पनीका चिफ कमर्सियल अफिसर उमेर मोहसीनले भनेका छन्।

उनले  भने, “हामीले आजैबाट लागू हुने गरी शुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं । यसले हाम्रा ग्राहक वर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर