एभरेष्ट बैंकका सेयरधनीलाई हरेक वर्ष मख्ख, यस्तो छ बैंकको २१ वर्षे लाभांश इतिहास

काठमाडौं । एभरेष्ट बैंकले शुक्रबार लाभांश घोषणा गरेको छ । यो वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई १५.५३ प्रतिशत लाभांश दिने भएको हो ।

शुक्रबार दिउँसो १ बजे बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) लाभांश दिने निर्णय गरेको हो ।

बैंकले दशैं अघि नै आफ्ना सेयरधनीलाई लाभांश बाँड्ने तयारी गरेको छ । शुक्रबार प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै वितरण हुनेछ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा पनि आफन सेयरधनीलाई १०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस बाँडेको थियो । गत वर्ष २०.५३ प्रतिशत लाभांश बाँडेको बैंकले अघिल्लो वर्ष पनि २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर