सेती नदीमा ट्याक्टर खस्याे, दुई जना बेपत्ता

बझाङ । बझाङमा सेती नदीमा ट्याक्टर खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका–२, झननामा ट्याक्टर दुर्घटना भएको हो । 

ट्याक्टरमा चालकसहित पाँच जना सवार रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले जानकारी दिए ।

‘तीन जनालाई सकुशल उद्धार गरेर स्वास्थ्य चौकी पु¥याइएको छ,’ उनले भने, ‘बाँकी दुई जना सेती नदीमा बेपत्ता छन् । घटनास्थलतर्फ जाँदैछौं तर पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।’ ट्याक्टरको नम्बर र बेपत्ता दुई जनाको पहिचान हुन नसकेको डीएसपी भण्डारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर