खप्तड राष्ट्रिय निकुञ्ज नजिकै केन्द्र भएर ४.३ रेक्टर स्केलको भूकम्प

बैतडी । सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । सोमबार बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । 

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाका अनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस भएको छ ।  

भदौ २८ गते  बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा साँझ ८ बजेर ३५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

डोटी, खप्तड राष्ट्रिय निकुञ्ज र बझाङ केन्द्रबिन्दु भएर पटक-पटक भूकम्प जाने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर