भट्टराईको झिल्कोको फस्ट लुक सार्वजनिक, ५ पुसदेखि प्रदर्शन 

काठमाडाैं । ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र झिकोको फस्ट लुक सार्वजनिक गर्दै यही पुष ५ गते सार्वजानिक प्रदर्शनमा आउने भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा तयार गरिएको यो फिल्मलाई दर्शकले साथ दिने आशा व्यक्त गरेका छन् ।

पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको संकेत पोस्टरले गरेको छ ।

चलचित्रमा कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशिला आचार्य, रामगोपाल थापानिर्माण सहयोग जनता प्रशारण तथा प्रकाशन प्रा.लि.रहेको छन् । 

'आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन्, जसको कुलतमा फसेर एउटा परिवारले कति संघर्ष गर्नुपर्छ भन्ने सामाजिक व्यवसायिक चलचित्र बनाउने प्रयास हामीले गरेका छौँ, फिल्मबारे जानकारी दिँदै निर्देशक भट्टराईले भनेका छन् । प्रविधि हाम्रो युगको सबैभन्दा महानतम् आविष्कार हो । तर यो आगोजस्तै हो । प्रयोग गर्न जाने चुल्हो बल्छ, नजाने डढेलो जसरी सल्किएर सबै तहसनहस पार्नसक्छ । 

भक्तपुर, काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा छायांकन गरिएको झिल्कोमा सामाजिक पारिवारिक विषयवस्तुको कथा रहेको निर्माण टिमले जानकारी दिएको छ । झिल्को आजको कथा हो । आजको समाज डिजिटल समाजका रुपमा निर्माण भैसकेको छ । डिजिटल युगमा प्रवेश गरिरहेका बाँचिरहेका हामीहरूले के विवेकपूर्ण व्यवहार गरेका छौँ? ग्याजेटहरूलाई प्रयोग गरिरहँदा हाम्रो अवस्था के छ? आज बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुव्र्यसनी डिजिटल दुव्र्यसनी हो । यही संवेदनशीक विषय झिल्को कथा हो, भट्टराईले भनेका छन् ।

सामाजिक विषयमाथिको यथार्थ फिल्म निर्माण गर्नु आफैँमा अत्यन्त चुनौतीपुर्ण कार्य भएको र यसमा आर्थिकदेखि विभिन्न कठिनाइहरू सामना गर्नुपर्ने भए पनि सामाजिक उत्तरदायित्वको रुपमा यो चलचित्र निर्माण गरेको निर्देशक भट्टराईले बताएका छन् । सामाजिक जिम्मेवारी महशुस गर्दै निर्माण गरेकाले दर्शकहरूले साथ दिनेमा आफु विश्वस्त रहेको उनले बताए ।

गत चैत ८ गतेदेखि शुटिङ सुरु भई करिब एक महिनामा छायांकन सकिएको फिल्म अहिले पोस्ट प्रोडक्सनको क्रममा रहेको आयोजकले जानकारी दिएको छ । सती प्रथाको कथामा झोला फिल्म निर्माण गरेका भट्टराईले झोलापछि  दाइजोविरोधी चलचित्र भोर सार्वजनिक गरेका थिए। 

झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। फिल्ममा दीपक बज्राचार्यको छायांकन, सम्पादन निमेश श्रेष्ठ, गीत आनन्द अधिकारी, संगीत चण्डी प्रसाद काफ्ले, दिपक शर्मा, गायन शिव परियार, निशा देशार, मुख्य सहायक निर्देशन आकाश उखेडा, निर्माण नियन्त्रक दिलिप पन्त, सहायक निर्देशन अनिश बुढाथोकी, सह सम्पादन नारायण गैरे, मुख्य सहायक छायांकन विवेक लामाको रहेको छ । 
झिल्कोको नेपाल वितरण डिसिएन नेपालले गरिरहेको छ भने अमेरीका र क्यानाडा इपिक इन्टरटेन्मेन्टले वितरण गर्ने सम्झौता भएको कार्यकरी निर्माता उमेश पौडेल बताएका छन् । साथै युरोप, अष्ट्रेलिया र मिडिल इष्टमा वितरण अधिकार विक्रिको लागि कुरा भइरहेको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर