धुर्मुस–सुन्तलीविरुद्ध किन दायर भयाे मुद्दा ?

काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अदालतमा मुद्दा दायर भएको छ। पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कम्पनीबाट पटक–पटक गरी छड लिएको तर उक्त सामग्रीको रकम हस्तान्तरण नगरेको भन्दै कम्पनीले उनीहरूविरुद्ध लेनदेनको कसुरमा मुद्दा दायर गरेको हो ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाबाट आर्थिक अभाव भएको भन्दै धुर्मुस–सुन्तलीले हात झिकिसकेका छ भने यसका बाँकी काम भरतपुर महानगरपालिकाले जिम्मा लिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर