डरलाग्दो कार दुर्घटनामा परे इन्डियन आईडल पवनदीप राजन, अस्पतालमा उपचार हुँदै

काठमाडौं । नेपाली मुलका भारतीय चर्चित युवा गायक पवनदीप राजन कार दुर्घटनामा परेका छन् । उनको अहिले उपचार भइरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

इन्डियन आइडल सिजन–१२ का विजेता राजन सोमबार बिहान ३ः४० बजे अमरोहामा चालक र उनका एक साथीसहित दुघर्टनामा परेकाे स्थानीय प्रहरीकाे भनाइ छ । 

सामाजिक सञ्जालमा गायकको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी गम्भीर अवस्थामा देखिएका छन् । भिडियोमा पवनदीपको बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको देखिन्छ । यो खबरपछि, प्रशंसकहरू उनको स्वास्थ्यको बारेमा चिन्तित भएका छन् । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । 

पवनदीप राजन उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन् । उनका बुबा सुरेश राजन, आमा सरोज राजन र बहिनी ज्योतिदीप राजन कुमाउनी लोक कलाकार हुन् । पवनदीपको संगीत यात्रा २०१५ मा द भ्वाइस इन्डियामा उनको जितसँगै सुरु भएको थियो । 

पवनदीपले इन्डियन आइडल १२ को ट्रफीसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार राशि पाएका थिए । 

उनी सांगितिक कार्यक्रमका लागि नेपालमा पनि आएर गित गाएका छन् । भारत चम्पावतमा  राजनले नेपाली गित पनि गाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर