दीपकराजको दनक: मन्त्रीहरूलाई घुस खाने तालिम दिनुपर्‍यो !

काठमाडौं । कलाकार दीपकराज गिरीले घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि कडा व्यङ्ग्य प्रहार गरेका छन् ।

उनले मन्त्रीहरूलाई घुस खानका लागि तालिम दिनुपर्ने भन्दै व्यङ्ग्य कसेका हुन् । ‘लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो । घुस खान पो रोक्न सकिन्न त, समाचार त रोक्नु पर्‍यो नि । भोलि मन्त्री खाने मान्छे नपाइएला,’ गिरीले फेसबुकमा लेखेका छन् ।

भर्खरै संघीय मामिला तथा समान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुसबापत पैसा लिएको विषयहरू सार्वजनिक भइरहेका छन् ।

गुप्ताले राजीनामा समेत दिइसकेका छन् भने अधिकारी पनि विवादित बनेका छन् । यसैप्रति व्यङ्ग्य गर्दै गिरीले उनीहरूलाई घुस खान सिकाउनु पर्ने भन्दै टिप्पणी गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर