नेपाल–चीन जाेड्ने लार्चा र लिपीङका २ पुल बगायो

काठमाडौँ । लगातारकाे वर्षापछिकाे बाढीले नेपाल–चीन जोड्ने अरनिको राजमार्गका २ पुल बाढीले बगाएको छ ।

बिहीबार रातिदेखिको अविरल बर्षाका कारण भोटेकोशी खोलामा आएको बाढीले भोटेकोशी गाउँपालिका लार्चामा रहेको बेलिबिज्र बगाएको छ । यस्तै लिपीङमा रहेको अर्को एउटा पुलपनि बगाएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । 

अत्यधिक पानी, बाढी, पहिरोको कारण बिद्युत आपुर्तिमा पनि समस्या रहेको उनले बताए ।

बिद्युत नभएको र झरीका कारण सोलार सिष्टमले पनि काम नगरेका कारण नेपाल टेलिकमको टावरले काम नगर्दा टेलिफोन सेवा समेत प्रभावित भएको उनले बताए । यस्तै तातोपानीको सुख्खा बन्दरगाह पनि बाढीको जोखिममा परेको अध्यक्ष शेर्पाले जानकारी दिए । 

अरनिको राजमार्गमा बाढी पहिरोले सडक तथा पुलमा व्यापक क्षति पुर्‍याएका कारण दशैंका लागि चीनबाट नेपालमा सामग्री ल्याउन समस्या पर्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर