विपद्को मौका छोपी तरकारी र फलफूलको मूल्य मनपरी, सरकार बेखबर

काठमाडाैं । विपद्को मौका छोपेर तरकारी तथा फलफूल व्यवसायीले मनपरी मूल्य असुल्न थालेपनि सरकार माैन बसेकाे छ । बाढीपहिरोले राजमार्ग बन्द भई आयात नभएको बहाना बनाउँदै उनीहरूले पुरानै सामानमा चर्को मूल्य लिएर सर्वसाधारण ठगिरहेका छन् । तर पनि अनुगमन र नियमन गर्नुपर्ने सरकारी निकाय माैन बसेका छन् ।
यस्तो काममा होलसेलभन्दा पनि खुद्रा व्यापारी बढी देखिएको सरोकारवालाको भनाइ छ । कालिमाटी फलफूल तथा तरकारी बजार र बाहिरी बजारमा उपलब्ध तरकारीको मूल्यले यसलाई पुष्टि गर्छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपत्यकाको करिब ७० प्रतिशत माग धान्छ ।
एक साताको मूल्य विश्लेषण गर्दा कालिमाटी बजारमा पाइने तरकारीको मूल्य १ सय ९३ प्रतिशतसम्म बढेको छ । त्यही तरकारी खुद्रा बजारमा आइपुग्दा छोइनसक्नु पुगेको छ ।
प्रतिकृया दिनुहोस