अबरुद्ध दाउन्ने सडकखण्ड एकतर्फी खुल्यो 

बुटवल । गए राति सडक भासिएर अवरुद्ध रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा अहिले बिहान साढे ८ बजेदेखि एकतर्फी रूपमा यातायातका साधन चल्न थालेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटका सञ्चार शाखाका कमल थापाका अनुसार साना गाडी र मोटरसाइकलको आउजाउ सुरु भएको छ ।

धेरै लामो जाम भएका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ । दाउन्नेको खुर्सानीखोलामा सडक भासिँदा र पहिरो खसेर यातायात अवरुद्ध भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर