पुष्पलाल मार्गकाे ज्यामिरेमा पनि भासियाे सडक 

दोलखा । पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका- ७ सितली नजिकै ज्यामिरेमा सडक भासिएको छ । सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरूद्व भएपछि रामेछाप,ओखलढुंगा, सिन्धुलीलगायतबाट वैकल्पिक राजमार्ग प्रयोग गरेर आएका सवारीसाधन रोकिएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

रोकिएका सवारीसाधनलाई तामाकोसी गाउँपालिकाको जफे हुँदै किर्नेटार जोडिने सडक प्रयोग गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन सडक कार्यालय चरिकोटले सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर