काठमाडौं बस्ने आँबुखैरेनीका विद्यार्थीलाई घर जान निःशुल्क बस सुविधा

काठमाडौं । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफ्नो पालिकाका विद्यार्थीहरुलाई काठमाडौंबाट निःशुल्क घर फर्काउने सुविधा मिलाएको छ । 

काठमाडौंबाट गाडी नपाएर तथा महंगो शुल्कका कारण मार परेका विद्यार्थीलाई पालिकाले बसको व्यवस्था मिलाएको हो । सुरक्षित यात्राका लागि पालिकाले संचालन गरेकाे बस हिजाे काठमाडाैंबाट आँबुखैरेनी पुगेकाे छ ।

पालिकाको यस्तो उदाहरणीय काम देखेर विद्यार्थीहरु दंंग परेका छन् । पालिकाको बस आउने भएपछि काठमाडौंमा रहेका आँबुखैरेनी गाउँपालिकाका विद्यार्थी एकै ठाउँमा भेला भएर

बसेको र सजिलै गाउँ फर्कन पाएको विद्यार्थीहरुको प्रतिक्रिया छ । 

माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित चुमान उदाहरणीय तथा र्सिजनशिल काममका कारण पालिकामात्र हैन देशभर चर्चित छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर