फोर्स गाडी सल्यानमा दुर्घटना: १६ जना घाइते

दाङ । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको यात्रुवहाक फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ । 

लु २ ख ५००२ नम्वरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । 

ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिहिबार बिहान ४ बजे गाडी दुर्घटना भएको हो । 

दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको र १२ जना सामान्य रहेको छ । सबै घाइतेहरुको उद्धार गरेर उपचारका लागि चौरजहारी अस्पताल ल्याइएको छ । 

ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर