रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

File_photo

राेल्पा । रोल्पा जिल्लाकाे माडीमा जीप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

दुर्घटनामा परेर माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको छ। 

रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा गएराति दस बजेतिर दुर्घटनामा परेको थियो। 

सडकबाट ६५ मिटर तल खसेको जीपबाट प्रहरीले स्थानीयको सहयोगमा अचेत अवस्थाका अर्जुनलाई उद्धार गरी स्थानीय मेडिकलमा पुर्‍याएका थिए। 

त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाएकोमा चिकित्सकले बिहान सवा २ बजेतिर मृत घोषणा गरेका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर