खुल्यो अवरुद्ध अरनिको राजमार्ग

काठमाडौं । सुख्खा पहिरो खसेपछि अवरूद्ध बनेको अरनिको राजमार्ग सञ्चालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ५० किलो भन्ने स्थानमा सुख्खा पहिरो खसेको थियो ।

पहिरो पन्छाएर सडक सञ्चालन गरिएको काभ्रे प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका पूर्वी भाग जोड्ने उक्त राजमार्ग अवरूद्ध भएपछि यात्रुहरू मर्कामा परेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर