एकहजार ४ सयले बढ्याे सुनकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य मंगलबार (असोज २९) बढेर कारोबार भएको छ।

छापावाल सुन प्रतितोला एक हजार ४ सय रुपैयाँ बढेर १ लाख ६० हजार ५ सय रुपैयाँमा मंगलबार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

दसैँअघि अन्तिम कारोबार दिन (असोज २३) छापावाला सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको महासंघले बताएको छ।

दसैँअघि १ हजार ९ सय रुपैयााँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर